बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन : प्रमुख सचेतक परियार « Khabarhub

बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन : प्रमुख सचेतक परियार


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य नभएको बताएका छन् ।
 
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा आफूहरूका माग सुनुवाइ नगरी सदन चलाउने कार्य आपत्तिजनक भएको बताए । 

‘भिजिट भिसा प्रकरणमा राज्यका धेरै संरचनाहरू संलग्न छन् । गृह प्रशासनको कुरा आएको छ । गृह प्रशासनअन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ,’ उनले भने, ‘हामीले त्यसको जवाफदेहिता माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराई रहँदा पनि सदन चलाइरहने यो हुन सक्दैन ।’

प्रमुख सचेतक परियारले विगत लामो समयदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले नीति बनाएर गरिरहेको मानव बेचबिखनको कुरा आइरहँदा पनि सुनुवाइ नभएको बताए । 

‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर, अनेक कानुन बनाएर, अनेक संरचना गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले गराउने ?,’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ०८ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा