इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी « Khabarhub

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १० हजार बढी नागरिकको उद्धार गर्ने भएको छ।

इरानको राजधानी तेहरानसहितमा जारी इजरायली आक्रमणबीच भारतले आफ्ना नागरिक र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी थालेको छ।

भारतको विदेश मन्त्रालयका अनुसार हाल इरानमा झन्डै १० हजार भारतीय रहेका छन् । जसमा अधिकांश विद्यार्थीहरू छन्।

तेहरानस्थित भारतीय दूतावासले सुरक्षा अवस्थाको निगरानी गर्दै विद्यार्थीहरूसँग सम्पर्क राखिरहेको र उनीहरूलाई सुरक्षीत स्थानतर्फ सार्ने प्रयास गरिरहेको छ।

उता इजरायलका रक्षा मन्त्री इजरायल काट्जले पुनः इरानलाई चेतावनी दिएका छन् । ‘हमलाको मूल्य तेहरानका नागरिकहरूले चुकाउनु पर्नेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ३७ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली