आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो | Khabarhub Khabarhub

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ रद्द भएको छ । आयोजकले सोमबार विज्ञप्ति जारी गरी कलाकार बिक्की अग्रवालको टोलीसँगको सम्झौता रद्द गरेसँगै यो कार्यक्रम स्थगन भएको जानकारी दिएको हो ।

यसै प्रकृतीको अर्को कार्यक्रमसँग बिक्कीको टोलीले अमेरिका जाने सहमति गरेपछि आफूहरु सम्झौताबाट पछि हट्नु पर्ने व्यवसायिक बाध्यता आएको ‘फ्लाई नेपा’ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘फ्लाई नेपा’सँग सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई हामीले कलाकारको व्यावसायिक धर्म प्रतिकुल आचरणको रुपमा बुझेको छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

‘फ्लाई नेपा’ले यस कार्यक्रमका लागि ‘कमेडी दरबार’को टोली बिक्की अग्रवाल, पवन खतिवडा, मिस पबी, सुन्दर धिताल, सुजता श्रेष्ठ, विकास अर्याल सम्झौता गरेको थियो । यी सबैसँगको सम्झौताबाट आयोजक पछि हटेको हो ।

कार्यक्रमको प्रतीक्षामा बसेका दर्शकसँग आयोजकले माफीसमेत मागेको छ ।

‘अब सुन्छ अमेरिका’को कार्यक्रमहरु जारी रहेको र ‘अब गाउँछ अमेरिका’ कार्यक्रम चाँडै हुने आयोजकले बताएको छ ।

‘फ्लाई नेपा’ले गत पुसमा ‘अब हाँस्छ अमेरिका २’सहित ‘अब गाउँछ अमेरिका’ र ’अब सुन्छ अमेरिका’को कार्यक्रमको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ४६ बजे

जीवित देवीबाट टीका लगाइँदै

भक्तपुर– यहाँको  तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट

दशैँका दिन प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

म्याग्दी– डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी

चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

सौराहामा विदेशी पर्यटकहरूले मनाए दशैं                                                  

चितवन– मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली