बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की « Khabarhub

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरूले बजेटको विरोध गरेका छन् । 

सोमबार रास्वपा सांसदहरूको बेल घेराउकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए ।

बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको उनले बताए  ।

सांसद कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको धारणा राखे ।  

त्यस्तै एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित गर्दै बजेट आएको बताए । सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ ।

सांसद गिरीले युवा पुस्ताहरूलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति सही रहेको जिकिर गरे । 

त्यस्तै माओवादी सांसद शक्ति बस्नेतले सरकारले विनियोजन गरेको बजेट संघीयतालाई कमजोर पार्ने प्रकारको रहेको आरोप लगाए  । योजना र बजेटको असन्तुलनले संघीयतामाथिको धारणालाई कमजोर पार्ने उनको आशंका रहेको छ । उनले ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्नका लागि कहीपनि ध्यान नदिइएको बताए ।  

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरूले आफ्नो क्षेत्र केन्द्रित गरेको आरोप लगाए । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर