बाजुरामा बन्यो 'शान्ताको अचार', उद्यममा जोडिए महिला  | Khabarhub Khabarhub

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन बित्यो । बाजुराको बसाइ न उनको पार्टी संगठनको कामका लागि हो । न कुनै पारिवारीक भेटघाट नै । शान्ताको राजनीतिक भूगोल दाङ हो । प्रदेश लुम्बिनी हो । व्यक्तिगत र पार्टी संगठनका कामले व्यस्त भइरहने शान्ताको यति लामो बाजुरा बसाइ धेरैका लागि जिज्ञासाको विषय बनिरहेको छ । 

उनी एमालेको नेतृ मात्रै नभएर सफल उद्यमी पनि हुन् । त्यो पनि विश्वव्यापी बजारमा आफ्नो उत्पादन पुर्याउन सफल नामी उद्यमी । त्यही उद्यमशीलतासँग यहाँका महिलाहरूलाई जोड्न उनी बाजुरा आएकी हुन् । उद्यम विकास तालिमकै लागि बसाइ पनि दश दिन लामो भएको हो । अचार तथा मसेउरा गुन्द्रुक बनाउने तालिमको सीप सिकाउन शान्ता नेतृत्वको चार जनाको टिम बाजुरामै छ ।

तालिम बडिमालिका नगरपालिका उद्यम विकास शाखाले आयोजना गरेको हो । आफै अचार उद्यमी र उत्पादन गरेको अचारको विश्व बजारमा चुलिँदो लोकप्रियताकै कारण पालिकाले शान्तालाई प्रशिक्षकको रुपमा ल्याएको हो । 

‘नगर प्रमुख अमर खड्काले धेरै अनुरोध गर्नु भो, मेरो सयाै काम छोडेर बाजुराका दिदीबहिनीलाई उद्यमी बनाउन यता आए शान्ता भन्छिन् ।’

विदेश, काठमाडौं, गृह जिल्ला दाङ बाहेक यतिलामो समय एउटै जिल्लामा एउटै कामका लागि बिताएको शान्ताको पहिलो अनुभव हो । 

शान्ता आफ्नै नामको ‘शान्ताको अचार’ उद्योगकी मालिक पनि हुन् । उनले बिहान साँझ, रात दिन नभनेर बाजुराका महिलालाई अचार तथा मसेउरा र गुन्द्रुक बनाउने तालिम सिकाएकी छन् । तालिमका बडीमालिका, बुढीनन्दा, गौमुल र खप्तड छेडेदहका ६० जना सहभागि थिए । तालिमबाट करिब दुई सय बट्टा बढी अचार, गुन्द्रुक र मसेउरा उत्पादन गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले जानकारी दिइन् ।

तालिमबाट सहभागि सबैले राम्रो ज्ञान आर्जन गरेको देखिन्छ । अचारका लागि कच्चा पदार्थ उत्पादन गर्न, काट्न, सुकाउन, मसला मिलाउन, बट्टामा प्याक गर्न र त्यसको व्यान्डीक गर्न सिकाइएको छ । केही बाहेक ४० मुनिको उमेर समूहका महिलालाई तालिममा सहभागि गराइएको थियो ।

केही गर्न सकून्, उद्यममा महिलाको आकर्षण बढोस्, उनीहरु आयआर्जनमा जोडिन सकुन् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताइन् । 

‘सीपको सदुपयोग गर्ने‍ भए, लगानी खेर जाने अवस्था आउने भए सहभागि नहुनुहोला, सीप सिक्ने काम नलाग्ने अवस्था नआवस् भनेर यत्रो महत्वकाक्षी तालिम गराएको हो, अब शान्ताको अचार जस्तै बाजुरामा उत्पादन हुने विश्वास छ,’ थापाले भनिन्, ‘अचार हेलाको उत्पादन ठानिन्छ, तर विश्व बजारमा अचार, गुन्द्रुक र मसेउरा नै लोकप्रीय छ । तपाई उत्पादन गर्नु, मेरो नामले वा तपाईको नामले सिकाए अनुसारकै गुणस्तरमा ध्यान दिनु होला, बजार र विक्रीको जिम्मा मेरो’, शान्ताले सहभागिलाई भनिन् । 

आफ्नै खटन पटकमा उनले तालिम दिइन् । ६० जना मध्ये ६ जना मात्रै व्यवसायी भएपनि उपलब्धी हो । अचार बनाउन सकिएन भनेपनि अचारका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न, शान्ताले सुझाव दिइन् । 

यो अभ्याससहितको तालिम उपलब्धीमुलक बनेको नगर प्रमुख अमर खड्काले बताए । एक संघर्षशिल नारी, जिरोबाट स्थापित व्यक्तिको जीवन नै सिकाइयोग्य छ । यही प्रेरणा सहीतको सीप सिकाउन शान्ता जीलाई बोलाएका हौं, उहाँबाट उद्यमशिलतासँगै संघर्ष पनि दुख पनि सिक्नु भयो होला, प्रमुख खड्काले सहभागिलाई भने । सहभागिले पनि तालिम जीवनकै प्रभावकारी भएको प्रतिक्रिया दिए । 

सहभागि गंगा भण्डारीले धेरै राम्रो सीकाइ भयो । अब पाँच जनाको टिम मिलेर सुरु गर्ने सोच बनाई सकेको बताइन् । कम लागत, संघर्षपनि धेरै नगर्नु पर्ने, बजारमा ब्राण्ड बनाउन पाए, राम्रो हुन्छ, भन्ने लागेको छ, अब उद्योग नै बनाएर अचार उद्यम गर्छौ, उनले भनिन् । 

बाजुरामा मुला, चोतो, टिमुर, पिँडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको सम्भावना देखिन्छ । यो संभावनालाई क्याच गर्न सक्नु पर्ने र पालिकाको लगानीलाई सदुपयोग गर्ने कुरा भन्दा पनि आफू आत्मनिर्भर हुने कुरामा बढी जिम्मेवार हुनु पर्ने सुझाव प्रमुख प्रशासकीय अधिकृत पदम माझीको छ । 

कुनै झन्झट नमानी, रुचीका साथ तालिम सिक्न पाएको सहभागि निर्मला रावतले बताइन् । 

‘गर्नसके सजिलै पैसा कमाउन सकिने रहेछ, सीप र इच्छाशक्ति नभएर मात्रै हो रैछ, यो तालिमपछि केही गरेर देखाउने सोच बन्यो,’ रावतले भनिन् ।

बडीमालिका नगरपालिकाले उद्यमी महिला र आयमुलक परिवार बनाउनकै लागि तालिम आयोजना गरेको बताएको छ । 

१० वर्षे कमलहरि जीवनको मुक्तिपछि संविधान सभाको सदस्यदेखि सदनमा प्रमुख सचेतकसम्मको जिम्मेवारी सम्हालेकी शान्ताले अहिले शान्ता अचारको चर्चाले परिचित छन् । आफ्नै नामको अचार ब्राण्ड छ, ‘शान्ताको अचार’ उद्योग । त्यही उद्योगको सिकाइबाट देशव्यापी महिलाहरूलाई उद्यम र आम्दानीमा जोड्ने लक्ष्य शान्ताको छ । 

‘दशदिन तपाईसँगै बसे । जानेको सिकाए । तपाईहरुबाट पनि सिके । अब केही दिन परीक्षामा समय दिन्छु । स्नातक तेस्रो वर्षको परीक्षा आइसक्यो । त्यो पनि तयारी गर्नुछ । पार्टीका काममा पनि ध्यान दिनैपर्ने छ । मेहनत नगरे मात्रै जीवन बन्ने रैछ। हाँसेर बाँच्न पनि आफू सक्षम र सफल बन्नुपर्छ,’ दश दिने अचार उत्पादन तालिम समापन गर्दै भनिन् ।

 शान्ता  फर्किने बेला  सहभागि अधिकांशले आँखाबाट आँशु झरे । 

उद्योगलाई उत्पादन, बिक्री र नाफासँग मात्रै जोडेकी छैनन् । उनी सीप हस्तान्तरण गर्ने र सिकाइ आदान प्रदान गर्ने स्कुलका रुपमा अचार उद्योगलाई विकास गर्न चाहन्छिन्। उनी राजनीतिक कामसँगै महिला उद्यमी बढाउने उद्देश्य राखेर हिँडिरहेकी छन् । थोरै भएपनि बाजुरामा सफल हुने आशा बोकेकी छु शान्ताले भनिन् । हालसम्म हजार बढीको संख्यामा महिलालाई अचार सहीतका सीप मुलक तालिम दिइसकेकी छन् । 
    
‘बजारमा बस्ने अधिकांश महिला खाली नै देखिनुहुन्छ । रोजगार नभएकाहरूलाई लक्षित गरेर उद्यमी महिला बढाउने र उनीहरूलाई आयआर्जनमा सहभागि गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो’, बडीमालिका २ का अध्यक्ष डम्मर महतले भने । कम श्रम, थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने पेशामा महिलाले गर्न सके राम्रो हुने विश्वास सामाजिक विकास समिति संयोजक समेत रहेका महतको छ ।

अचार ब्राण्डले नै विश्व बजारमा चर्चा पाएको शान्ताको अचार उद्योगसँग बाजुरालाई जोड्न तालिम ऐतिहासिक हुने विश्वास पालिकाको छ । ‘कच्चा पदार्थ धेरै छ । त्यसैलाई प्रशोधनसहित बाजुरामै पनि उत्पादनसहित प्याक गरेर पठाउन सकिएप्नि धेरै रकम आम्दानी हुने अवस्था छ । 

टेलिभिजनमा देखेको मान्छेलाई भेट्दा र तीनैबाट सीप सिकाउँदा तालिममा सहभागी मख्ख थिए । छुट्टीन गाह्रो भएको र अब अचारले जोडिने आश सहभागिको थियो । सांसद, माननीय पनि काम गर्ने रहेछन् । सबै सीप जानेका हुने रैछन् । भन्ने प्रेरणा पाएकोमा उनीहरूले खुसी व्यक्त गरे । 

‘उद्योग खोलेको पनि दुई वर्ष मात्रै भयो । ३५ जना कामदार छन् । करोड बढीको लगानी छ । नामपनि छ । दामपनि छ । भन्ने कुराको सूचनाले पनि केही गरौं भन्ने उत्साहह जाग्यो’ एक सहभागिले भनिन् । 
    
कम्तीमा पाँच प्रकारको अचार र मसेउरासहितको गुन्द्रुक बाजुरामै उत्पादन गर्ने लक्ष्यमा पालिकाको छ । दिनभर टिकटक र मोबाइलमा बस्नेहरुका लागि सुनौलो अवसर पनि हो, अब यसैमा लाग्छौं, सहभागिको साझा प्रतिवद्धता थियो । उनीहरूलाई प्रमाणपत्र समेत दिइएको छ । शान्ता आफै आएर अचार उत्पादन गरेपछि मार्तडी बजारमा पनि सहभागिले बनाएकै अचार बिक्रीको माग बढेको देखिन्छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ०२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल