'स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ' | Khabarhub Khabarhub

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन्  ।  

सोमबार ललितपुरमा चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको समेत बताए ।

उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्न सके  मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा राखे । हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरू खरिद गर्नुपर्ने भन्दै उनले स्वदेशी उत्पादनलाई राज्यले नै खरिद गर्ने जिकिर गरे  ।

उनले बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको जानकारी दिँदैँ लगानीका क्षेत्रहरू पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको बताए ।

त्यस्तै उनले बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको जानकारी गराए । स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समेत बजेटमा समावेश रहेको उनको भनाइ छ ।  

मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानुन ल्याएको समेत जानकारी दिए । ललितपुर महानगरद्वारा आयोजित उद्यमी सम्मेलनमा घरेलु उत्पादनहरू प्रदर्शनीमा राखिएको छ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ३५ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र