‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’ « Khabarhub

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन्  ।  

सोमबार ललितपुरमा चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको समेत बताए ।

उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्न सके  मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा राखे । हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरू खरिद गर्नुपर्ने भन्दै उनले स्वदेशी उत्पादनलाई राज्यले नै खरिद गर्ने जिकिर गरे  ।

उनले बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको जानकारी दिँदैँ लगानीका क्षेत्रहरू पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको बताए ।

त्यस्तै उनले बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको जानकारी गराए । स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समेत बजेटमा समावेश रहेको उनको भनाइ छ ।  

मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानुन ल्याएको समेत जानकारी दिए । ललितपुर महानगरद्वारा आयोजित उद्यमी सम्मेलनमा घरेलु उत्पादनहरू प्रदर्शनीमा राखिएको छ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ३५ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण