एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण « Khabarhub

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।         

विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ ।  

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७५० र बाँकी ११ हजार ४८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन् । गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५९७  रहेको निकुञ्जले जनाएको छ ।   

आन्तरिक पर्यटक लाङ्टाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जलस्नान गरी फर्कने गर्दछन् । सङ्घीय राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेषगरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउनेक्रम बढेको छ ।  

निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत रु चार करोड ८१ लाख राजस्व संकलन भएको छ । नेपालीलाई प्रतिव्यक्ति एक सय, ‘सार्क’ राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र अन्य देशका पर्यटकलाई तीन हजारका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानुनी व्यवस्था रहेबमोजिम उक्त रकम सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।   

यसैगरी, ‘मानसरोवर कैलास’ यात्राका लागि दुई हजार ९५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले बताएको छ ।

अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको लाह्सा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ४८ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद