इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै « Khabarhub

इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाइएको छ ।  

गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण गरेर प्रतिक्रिया दिइरहेको छ । यसले द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आकलन बढाएको छ । 

दुवै देशसँग सम्बन्धमा रहेको भारतले तेहरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि आफ्ना नागरिकहरूलाई इरानभित्र स्थानान्तरण गर्न खोजेको जनाएको छ ।  

तेहरानमा रहेको भारतीय दूतावासले सुरक्षा अवस्थाको निरन्तर निगरानी गर्दै इरानमा रहेका भारतीय विद्यार्थीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरेको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । केही विद्यार्थीलाई दूतावासको सुविधासहित इरानका सुरक्षित स्थानहरूमा सारिएको  मन्त्रालयले जनाएको छ ।  

गत वर्षको सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् भने सन् २०२२ को तथ्यांकमा इरानमा दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन् । भारतले शुक्रबार दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको बताएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जबाफी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : १५ बजे

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी