इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त | Khabarhub Khabarhub

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ । 

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।
 
इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि ‘अधिकतम दबाब’ दिने प्रतिबन्ध अभियानलाई पुनः सुरु गरेका थिए । 

आर्थिक संकटको सामना गरिरहेको इरानमा अहिले इजरायलसँगकाृ क्षेत्रीय द्वन्द्वको  नाटकीय वृद्धिले इरानलाई संकट समाधानका लागि तत्काल नयाँ व्यक्ति ल्याउन बाध्य पारेको देखिन्छ ।  

गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी इरानमाथि व्यापक आक्रमण गरेको छ ।

यस आक्रमणमा परी शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको छ । इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरी इजरायलमा कम्तीमा २४ जनाको ज्यान लिएको प्रधानमन्त्री कार्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

इरानले इजरायललाई मान्यता दिँदैन र लामो समयदेखि उसले आफ्नो आणविक केन्द्रविरुद्ध विध्वंसकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : २७ बजे

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख

भक्तपुरको ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुँइचो

काठमाडौं– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

व्यासमा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो

दमौली– विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष

रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी

एजेन्सी– युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा