इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान   | Khabarhub Khabarhub

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताएका छन् । एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताएका छन् । 

एर्दोगानले नेता पुटिनसँगको वार्तामा भने, ‘इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ ।’
 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ ले ’अन्तर्राष्ट्रिय प्रणालीका लागि स्पष्ट खतरा उत्पन्न गरेको’ र मध्यपूर्वले ’नयाँ युद्ध सहन नसक्ने’ पुटिनसँग बताएको राष्ट्रपति एर्दोगानको कार्यालयले जनाएको छ ।

क्रेमलिनका अनुसार पुटिन र एर्दोगानबीच भएको वार्तालाई इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्यका लागि आह्वान गर्न प्रयोग गरिएको थियो ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूले शत्रुताको तत्काल अन्त्य गर्न र इरानको आणविक कार्यक्रमलगायत विवादास्पद मुद्दाहरूको समाधान राजनीतिक र कूटनीतिक माध्यमबाट गर्न आह्वान गरेका छन् ।’  

गत शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि भड्किएको इरान र इजरायलबीचको द्वन्द्वसँगै टर्कीएले आफ्नो कूटनीतिलाई तीव्र बनाएको छ ।
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : १६ बजे

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख

भक्तपुरको ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुँइचो

काठमाडौं– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

व्यासमा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो

दमौली– विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष

रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी

एजेन्सी– युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा