विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे « Khabarhub

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको संस्कृति सही रुपमा अघि बढेको प्रमाणित हुने बताएका छन् । 

 नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को सहकार्यमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राचीनकालमा झैँ सम्पदा निर्माणका लागि आवश्यक जनशक्ति भएकाले सम्पदा पुनःनिर्माणमा समस्या नभएको बताए । 

काठमाडौँ उपत्यकाका तीनवटै सहरमा देगु तलेजु मन्दिर जस्ताको तस्तै निर्माण हुनुले पनि सम्पदा निर्माणमा सकारात्मक सन्देश दिएको उनको भनाइ छ । 

‘धेरै क्षेत्रमा सकारात्मक संस्कृतिको विकास गर्नु जरुरी छ, नहुने कामलाई हुँदैन भन्ने संस्कृति बनाउन जरुरी छ । यस्ता विषयमा जागरण प्राज्ञले नै गर्नु जरुरी छ’, उनले भने। 

भौतिक विकास मात्र नभई सांस्कृतिक विकास पनि जरुरी रहेकाले मन्त्री पाण्डेले संस्कृतिलाई मेरुदण्ड नबनाए दिगो विकास हुन नसक्ने उल्लेख गरे । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतिको मूल जरा चिन्तन प्रणाली भएकाले यसलाई सकारात्मक रूपले अघि बढाउनुपर्नेमा जोड दिए। सांस्कृतिक विविधतालाई स्वीकार गरेर विकासमा अघि बढ्न सकिने उनको भनाइ थियो । 

 प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले भौतिक विकास गरिरहँदा सांस्कृतिक विषय ओझेलमा परेकाले यस किसिमको बहस सुरु गरिएको बताए। 

 प्राडा सोमप्रसाद खतिवडाले ‘विकासका लागि संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संस्कृतिसापेक्ष विकास हुन नसकेको बताए। 

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा.डा निर्मला पोखरेलले म्याक्समूलरले वेदमा गरेको अनुसन्धानले वेद विज्ञानसम्मत रहेको प्रमाणित गरेकाले वैदिक संस्कृतिअनुसार अघि बढ्नुपर्ने विचार राखिन्। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २५ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य