प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक स्वीकृति दिएको हो।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने ‘संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रम’को चौथो सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

त्यसैगरी बैठकले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : ४६ बजे

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि

भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर बस्दैन : प्रवक्ता गुरुङ

काठमाडौं– सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि

लिम्बुवानी दस्ताबेज ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण

सुनसरी– याक्थुङ लिम्बू इतिहासकार लीलाबहादुर तुम्बाहाङ्फेद्वारा लिखित ‘याक्थुङ साप्मुन्धुम’ को

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

काठमाडौं–  महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ

साउन नलाग्दै चुरापोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा