किन फरफराउँछ आँखा ? यस्तो छ कारण « Khabarhub

किन फरफराउँछ आँखा ? यस्तो छ कारण


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ । आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ ।

सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउँदा अलगअलग संकेत रूपमा बुझ्न सकिन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ भने महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ ।

पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ ।

यस्तै, महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर चिकित्सकहरूका अनुसार कसैको आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या हुन सक्छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ३५ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर