म्याग्दीका नौ सय घरमा ‘एक घर, एक धारा’ « Khabarhub

म्याग्दीका नौ सय घरमा ‘एक घर, एक धारा’


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख झलकमोहन ओझाले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको जानकारी दिए । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि ६ करोड ९८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा ६ करोड ७० लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

सङ्घीय सरकारका पाँचवटा योजनाका लागि ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र ४३ लाख ९५ हजार अथवा ८६।१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ०१ बजे

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक