दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला ! « Khabarhub

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। दक्षिणी कर्नाटकाको सामातीर्थ पहाडमा प्रहरीले गस्ती गरिरहेको समयमा ९ जुलाइको दिन उनीहरुलाई फेला पारेको हो। आठ वर्ष अघि भिषा सकिएकी निना कुटिना नामकी उनी एक वर्ष अघिदेखि त्यहाँ बसिरहेको प्रहरीले जानकारी दिएको हो।

झरनामा नुहाउदै, पेन्टिङ गर्दै र कविता लेख्दै जीवन बिताउने गरेको उनीहरुले बताएका छन्।
‘जंगलमा प्रकृतिसँग रमाउदै बाच्नुको महत्त्वपूर्ण अनुभव हामीले गरेका छौं। मैले मेरा छोरी मरुन् भनेर यहाँ ल्याएको होइन। हामी यहाँ जीवित नै रहने छौं,’ उनले भनिन्।

प्रहरीका अनुसार सन् २०१७ मा आउनु अघि नै उनले अन्य चार देशको भ्रमण गरेकी थिइन्। बिजिनेस भिषामा भारत आएकी उनको भिषाको म्याद सन् २०१७ मा सकिएको हो। सन् २०१८ को सेप्टम्बरमा उनी नेपाल गएकी थिइन्। नेपालबाट उनी फेरि भारत फर्किएकी हुन्। उनले बच्चाको बारे पनि केही बताउन चाहेकी छैनन्। अहिले उनलाई भारतले अवैध आप्रवासी राखेको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : ५७ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका