१६८ छोरीलाई मुद्दती खाता उपहार | Khabarhub Khabarhub

१६८ छोरीलाई मुद्दती खाता उपहार


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ ।

बागलुङ नगरपालिकाले पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ ।

नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा पाँच हजारका दरले आठ लाख ४० हजार जम्मा गरिसकेको बताए ।

नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको हो ।

परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरको छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो ।

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक पाँच हजार जम्मा गर्ने प्रावधान छ ।

सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका– २ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र  मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो ।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।

छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १० : ०८ बजे

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी