इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई « Khabarhub

इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई प्रदान गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने एक जनालाई हरेक वर्ष ऊर्जा ज्योति सम्मानबाट सम्मानित गर्दै आएकोमा यस वर्षको सम्मान अधिकारीले पाएका हुन् ।

इप्पानको २३औँ वार्षिक साधारणसभाको अवसरमा मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकारीलाई नगद एक लाख रुपैयाँको चेक र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

इप्पानका पूर्वअध्यक्ष गुरागाइँले उनकी स्वर्गीय छोरी श्रीनिका गुरागाईंको स्मृतिमा २०७६ सालमा ‘ऊर्जा ज्योति सम्मान’  स्थापना गरेका थिए ।

कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए । विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ४१ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित