ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।
 
विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
 
विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो । 

आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका प्रवक्ता जोशीले बताउनुभयो । उनका अनुसार मानबहादुर लिम्बूको जाहेरीका आधारमा विसं २०७७ वैशाख ३ गते निजमाथि पक्राउ पुर्जी जारी भएको थियो ।
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १ : ४७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण