जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन « Khabarhub

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ।

ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो ।

जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकले गरेको बताएका छन्।

सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो । अध्यक्ष यादव आफैंले घोषणा गरे पनि औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको संवादको दुई दिनपछि यादव गठबन्धनबाट बाहिरिएका हुन् ।

यसअघि सोबार बालुवाटारमा भएको वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीले यादवलाई मन्त्री बनाउने गरी छलफल गरेका थिए ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिन संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको अवस्थामा यादवलाई कुनै राम्रो मन्त्रालय दिएर जसपालाई सरकारमा भित्र्याउने योजना दुई नेताको थियो । तर नाउपापछि जसपाले पनि सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपाको यो निर्णयले राष्ट्रियसभामा वर्तमान सरकार स्पष्ट अल्पमतमा परेको छ । यसले माथिल्लो सदनबाट विधेयक अघि बढाउन मुस्किल हुनेछ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : १० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री