जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन « Khabarhub

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ।

ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो ।

जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकले गरेको बताएका छन्।

सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो । अध्यक्ष यादव आफैंले घोषणा गरे पनि औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको संवादको दुई दिनपछि यादव गठबन्धनबाट बाहिरिएका हुन् ।

यसअघि सोबार बालुवाटारमा भएको वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीले यादवलाई मन्त्री बनाउने गरी छलफल गरेका थिए ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिन संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको अवस्थामा यादवलाई कुनै राम्रो मन्त्रालय दिएर जसपालाई सरकारमा भित्र्याउने योजना दुई नेताको थियो । तर नाउपापछि जसपाले पनि सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपाको यो निर्णयले राष्ट्रियसभामा वर्तमान सरकार स्पष्ट अल्पमतमा परेको छ । यसले माथिल्लो सदनबाट विधेयक अघि बढाउन मुस्किल हुनेछ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : १० बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित