बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ? | Khabarhub Khabarhub

बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ?


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे।

ढुंगेलले १६औँ नगरसभामा मेयर साहले काठमाडौंका प्रथम मेयर पीएल सिंहको शालिक राष्ट्रियसभा गृहमा बनाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा नआएकोमा प्रश्न उठाए ।

‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’, उनले प्रश्न गर्दै भने, ‘काठमाडौंका प्रथम मेयरको शालिक बनाउँछु भनेको कुरा अझै पूरा भएन। तपाईं पनि बोल्ने मात्रै हो भने बोलिरहनु, तर काम गर्ने भए गर्नु पर्‍यो।’

ढुंगामाटोको घरमा प्रतिबन्धको विरोध

नगरका गरिब बासिन्दाले ढुंगा माटोले घर बनाउन नपाउने नीतिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘महानगरको मैत्री भवन ढुंगामाटोले बन्न सक्छ, यहाँका सयौँ सम्पदा पनि ढुंगा माटोले बनेका छन्’, उनले भने, ‘तर निजी घरलाई किन बन्देज? महानगरले यसरी दोहोरो मापदण्ड अपनाउनु भएन ।’

उनले जग्गा भएका नगरबासी गरिबहरूलाई ढुंगा माटोको घर बनाउन दिनुपर्ने बताए । ‘यो महानगरको नीति हुनु पर्ने हो, निषेध होइन’, उनले भने ।

शिक्षा नीतिमा ‘माटोको सुगन्ध’

महानगरको शिक्षा नीतिप्रति बोल्दै ढुंगेलले नेपालका सम्पदाहरूलाई बेवास्ता गरिएकोमा असन्तुष्टि जनाए।

‘हामी अमेरिका, बेलायत र आइफेल टावर पढाउँछौँ, तर असार २९ गते भानुभक्तलाई सम्झिँदैनौँ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई स्थानीय इतिहास र सम्पदाको अध्ययन गराउनुपर्छ ।’

उनले बुक फ्री फ्राइडे कार्यक्रमको समेत आलोचना गरे । ‘हामीकहाँ बुक फ्री फ्राइडे कार्यक्रममा पनि ५५ झ्याले दरबारबारे पढाइ हुँदैन’, उनले भने, ‘हाम्रा सम्पदाबारे विद्यार्थीलाई बुझाइँदैन। अमूर्त सम्पदाहरूलाई पाठ्यक्रममा समावेश गर्न शिक्षा नीति परिमार्जन आवश्यक छ।’

विद्यालयका सटरबारे प्रश्न

महानगरले विद्यालयहरूमा बनाइएका सटरहरू भत्काएपछि नि:शुल्क शिक्षा सेवा प्रभावित भएको भन्दै ढुंगेलले चिन्ता व्यक्त गरे।‘स्कुलका सटर भत्काएपछि महानगरले पैसा नपठाइदिँदा स्कुलको स्रोत सुकेको छ,’ उनले भने, ‘यदि सटर बन्द गरिदिएको पैसा नदिने हो भने स्कुललाई नै ती सटर चलाउन दिने व्यवस्था गरिनुपर्छ ।’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : ५२ बजे

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको