महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

महोत्तरीको गौशाला नगरपालिका-३ नवराजपुरस्थित सडकमा ज.५ प ५०१४नम्बरको मोटरसाइकल र बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई बुधबार बिहान दुर्घटना हुँदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका-४ बस्ने ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु
भएको हो । 

साथै दुर्घटनामा घाइते भएका ज.५ प ५०१४ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । 

प्रहरीले हाल फरार बीआर ०७ एजी ८१३२ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

त्यसतै, सर्लाहीको कविलासी नगरपालिका-१० पिडार चोकस्थित सडकमा कविलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ४२ बजे

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय,

चार अर्ब बढी राजस्व संकलन

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०-८१ को भन्दा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

ढोरपाटन– यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति

साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध

काठमाडौं– फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा