वीरगञ्जमा ट्यांकरमार्फत खानेपानी वितरण गरिने « Khabarhub

वीरगञ्जमा ट्यांकरमार्फत खानेपानी वितरण गरिने


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला विपद् व्यवस्थापन समितिले मधेश सरकार र अन्य निकायबाट प्राप्त ट्यांकर प्रयोग गरी वीरगञ्ज महानगरसहित यहाँका विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ । 

ट्यांकर र दमकलबाट नेपाली सेनामार्फत पानी वितरण गर्ने  निर्णय समितिले गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिए। 

वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ । बैठकले  दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटर बढी खानेपानी उत्पादन गरेपनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताए।

‘यहाँका खानेपानीका उपभोक्ताले जथाभावी मोटरबाट पानी तान्ने प्रवृत्तिले समस्या देखिएको छ,’ उनले भने, ‘‘पानीको हाहाकार भएपछि पछिल्लो १५ दिनको अवधिमा नयाँ धारा जडान गर्न नौ सय बढी ग्राहकले निवेदन दिएका छन् ।’

वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धनुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गरे । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको चर्को अभाव भएकाले ट्याङ्करमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताए।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणबाट ग्राहक बनेर मात्रै डिपबोरिङबाट खानेपानी वितरण गर्न सम्बन्धित निकायलाई आह्वान गरे।

‘टोल–टोलमा हुकिङ गरेर डिप बोरिङ चलाउँदै आइरहेको भेट्टाएका छौंँ । ती डिप बोरिङको स्वामित्व लिएर विद्युत्को मिटर जडान गरेर खानेपानी वितरण गर्नका लागि अनुरोध गर्दछौँ,’ उनले भने। 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय