तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक « Khabarhub

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ । 

दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको ठेक्का विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनीयर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताए । गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सुरू गरिए पनि पहिलो चरणको कालोपत्र अझै नसकिएको उनको भनाइ छ । 

‘दोस्रो तहको कालोपत्र गर्न बाँकी नै छ, सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम गर्न अझै केही महिना लाग्ने देखिन्छ’, इञ्जिनीर सुवेदीले भने, ‘वर्षात्का बेला भएकाले कालोपत्रको काम प्रभावित भइरहेको छ, आउँदो आवभित्रमा काम पूरा हुन्छ ।’

हरिचोकतर्फबाट सुरू भएको पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको उनको भनाइ छ । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित बनेको इञ्जीनीयर सुवेदीले बताए। आगामी हिउँदसम्ममा उक्त खण्डको यातायात सेवा सहज हुने उनको भनाइ छ । ‘लामो समय सडक नबन्दा स्थानीयवासी र यात्रु मर्कामा थिए, अब भने धेरै सहज भइसकेको छ’, उनले भने। 

उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो । बीचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ । 

आयोजना कार्यालयका अनुसार दुई वर्षमा सक्ने ठेक्का सम्झौता भए पनि समयमा काम पूरा हुन नसकेपछि दुई पटकसम्म ठेक्का म्याद थपिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्न खोजे पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिने प्रतिबद्धता गरेपछि म्याद थपिँदै आएको हो । 

निर्माण कम्पनीले प्रतिबद्धता अनुसार समयमा काम गर्न नसकेको इञ्जीनीयर सुवेदीले बताए । उक्त सडक निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासीले पठक–पटक आयोजना कार्यालयलगायत सरोकार भएका पक्षलाई ध्यानाकर्षण गराएका थिए ।

 गतवर्ष असार १५ मा सडकमै रोपाइँ गरेर दबाबमूलक कार्यक्रमसमेत गरेका थिए । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउँजाउ गर्ने गरेका छन् । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : २१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने