हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा | Khabarhub Khabarhub

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो ।

एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा लिएको छ । यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो ।
साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ ।

एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, ‘चीन–अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ ।’

उनले भने ,’मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।’ यता, हुवावे र अमेरिका बीच लामो समयदेखि विवाद चलिरहेको छ ।

अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ । सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ।

पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३।९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो ।
एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ५५ बजे

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, ७५ नेप्से अंकले उकालो

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले

भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता नजिकिएको दाबी

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं – गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

रामपुर– यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै