माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत | Khabarhub Khabarhub

सिने ब्रिफ

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बराल
दर्शकको प्रतीक्षा अन्त्य गर्दै विष्णुमाझीले ल्याइन् तीज गीत
भदौ ६ मा माग्ने बूढा भर्सेस विजय बराल, कसले मार्ला बाजी
गसिपमा छ, सौगातले छाडे फिल्म जहाजैमा, नबन्ने चर्चा सुरु

भिडियो लिंक : https://www.youtube.com/watch?v=MkqW4A6L7Ow

टिकटकरहरु फिल्ममा

पछिल्लो समय टिकटकका भाइरल प्रोफाइललाई फिल्ममा डेब्यू गराउने प्रवृत्ति मौलाएको छ ।

टिकटकबाट ठूलो पर्दामा आएका मुख्य उदाहरण पारस बम ‘कुल ब्वाइ’ र नायिका गरिमा शर्मा हुन् । मिस पबी पनि टिकटक ब्याकग्राउन्डकै हुन् ।

फेरि तीन टिकटकर ठूलो पर्दामा डेब्यू गर्न ठिक्क भएर बसेका पाइएको छ ।

फिल्म ‘राम नाम सत्य’बाट आशयुष सिंह ठुकरीले, फिल्म ‘कश्यप’बाट आभा ढुङ्गानाले र ‘आबाट आमा’बाट उषा उप्रेतीले ठूलो पर्दामा डेब्यू गर्दैछन् । निर्माणपक्षसँग कागजी सम्झौता पनि गरिसेकेका छन् ।

मेकरहरु टिकटकरलाई फिल्ममा डेब्यू गराउना तछाडमछाड गरिरहेको देखिन्छ ।

यतिसम्म कि ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले आयुसलाई अभिनय प्रशिक्षण गराइसकेर मात्र फिल्मको छायाङ्कन गर्ने सोचमा छन् ।

यस फिल्मको बिहीबार शुभमुहूर्त गरिएको छ । अब केही दिनमा यस फिल्मको छायाङ्कन सुरु हुने बताइएको छ । प्रदर्शन मिति यही वर्षको चैत २७ लाई तोकिएको छ ।

पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

अहिले हलमा दुई नेपाली फिल्म ‘सिटामोल’ र ‘मोहोर’ प्रदर्शनरत छन् ।

साउन २३ बाट एक साथ हलमा लागेका यी दुई फिल्ममा ‘मोहोर’ राम्रो अनुकपेन्सीका चलिरहेको छ ।

नायक सौगात मल्ल र नायिका बेनिशा हमाल स्टारर फिल्म ‘सिटामोल’लाई लगानी उठाउन सकस देखिन्छ ।

बेनिशा नै शीर्ष नायिका रहेको ‘मोहोर’ले सुरुवाती ६ दिन अर्थात् बुधबारसम्म आइपुग्दा २ करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

पहिलो पटक नीति शाह अभिनित फिल्मले सुखद व्यापार गरेको छ । ‘मोहोर’को सुखद सुरुवातले नायक पल शाह पनि फ्लप फिल्मको ह्याट्रिकबाट बच्ने छनक देखिएको छ ।

पलका यसअघिका लगातार दुई फिल्म ‘रावायाण’ र ‘मायावी’ फ्लप भएका थिए ।

फेरि सहायक भूमिकामा विजय

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ऐतिहासिक व्यापारिक सफलतापछि विजय बराललाई लिड रोलमा लिन चाहने मेकरहरुको कमी छैन ।

उनलाई दजनौं फिल्मबाट लिड नायकको लागि प्रस्ताव आइरहेको बुझिन्छ तर, उनले छानेर दुई फिल्म ‘जनै हारएको मान्छे’ र ‘वरिष्ठ बलराम’ मात्रै साइन गरे ।

‘पूर्णबहादुरको सारङ्गी’अघि सहायक भूमिका निर्वाह गर्दै आएका विजयलाई यही फिल्मले लीड नायक बनायो ।

अब उनी सहायक भूमिकामा पनि देखिन्छन् वा लिड रोलमात्रै गर्छन् यो चासोको विषय बनेको थियो । हुन पनि उनी लिड नायक भएको पहिलो फिल्मले नै झन्डै ४७ करोडको व्यापार गर्‍यो ।

तर, विजयले यस फिल्मपछि सहायक भूमिकामा पनि अभिनय गरेको पाइएको छ । उनले ‘जारी २’मा सहायक भूमिका निर्वाह गरेका हुन् । सार्वजनिक टिजरले विजयको भूमिका प्रष्ट पारेको छ ।

‘जारीका २’ का लेखक तथा निर्देशक उपेन्द्र सुब्बा र यस फिल्ममा निर्माता जिम्मेवारीमा रहेका निर्देशक रामबाबु गुरुङ विजयका निकटतम् मेकर हुन् । भनौं– विजयलाई ‘कबड्डीको बीके’ बनाएर दर्शकमाझ स्थापित गराउने मेकर हुन् ।

यति गुन लगाउने मेकरको बोली काट्न नसकेर विजयले सहायक भूमिका निर्वाह गरेका हुन् कि पात्र प्रधान हुन्छ भन्ने मान्यता राखेर ‘जारी २’मा सहायक भूमिका निर्वाह गरेका हुन् ? प्रश्न उब्जिएको छ ।

यो पनि : विजय र ‘माग्ने बूढा’को बक्स अफिस भिडन्त

जहाजैमा नबन्ने चर्चा

निकै चर्चाका साथ निर्माण घोषणा र स्टार कलाकार अनुबन्ध गरिएको फिल्म ‘जहाजैमा’ नबन्ने चर्चा चल्न लागेको छ ।

कृषा चौलागाईंको निर्देशनमा बन्ने भनिएको यस फिल्ममा सौगात मल्ल, केदार घिमिरे, अनुभव रेग्मी र नायिका वर्षा सिवाकोटीको अभिनय रहने बताइएको थियो ।

कृषाको टिमले यी कलाकार अनुबन्ध भएको खबर निकै चासोका साथ सार्वजनिक गरेको थियो ।

सौगात र केदारले यो फिल्मबाट हात झिकेका छन् । यी दुवैले साइनिङ अमाउन्ट पनि फिर्ता गरेको स्रोतले हामीलाई बताएको छ ।

अर्थात्, फिल्म बन्ने छाटकाँट नदेखिएपछि उनीहरु बाहिरिएका हुन् । कृषा पनि अहिले अर्कै फिल्म निर्देशन गर्न तातिएको बुझिएको छ ।

दर्शकलाई स्मरण गराउ बन्ने निश्चित नहुँदै यो फिल्मको प्रदर्शन मिति फागुन १ लाई तोकिएको थियो । बन्ने टुंगो छैन तर हाम्रा मेकरहरुलाई प्रदर्शन मिति तोक्ने जति हतार केही हुँदैन भन्ने भाष्यको यो एउटा नमुना हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ०४ बजे

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल