टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल « Khabarhub

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो जितको खोजीमा रहेको नेपालको यो खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।

सिरिजको पहिलो खेलमा नेपालको प्रदर्शन

घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल १३५ रनमा सीमित भयो। जवाफी ब्याटिङ गरेको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो।

नेपालका ओपनर कुसल भुर्तेल ८, आसिफ शेख ११ रनमा आउट हुँदा तेस्रोक्रममा मैदान पुगेका लोकेश बम शून्यमै आउट भए।

कप्तान रोहित पौडेलले २३, कुशल मल्लले ३४, दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रनको योगदान दिए। सोमपाल कामी १ रनमै आउट हुँदा रुपेश सिंह ८ तथा सन्दीप लामिछाने २ रनमा नटआउट रहे। बलिङतर्फ अस्ट्रेलियाका म्याट ह्यामन्डले ३ विकेट लिँदा थोमस एन्ड्रयूज र केन रिचडेसनले २-२ विकेट हात पारे।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रनमै सीमित पारेको थियो। उसका लागि डिआर्सी सर्टले ३४ बलमा ७ चौका र १ छक्कासहित ५१ रन बनाए। थोमस एन्ड्रयूजले ३२, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८ र क्याडेल म्याकमोहनले १२ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले ३, साहब आलमले २ तथा रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान एक-एक विकेट लिए।

नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ०२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको