एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश « Khabarhub

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश भएका छन् । बैतडीको कुवाकोटका कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् ।

सशस्त्र द्वन्द्वकालीन अवस्थादेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजनपछि एमालेमा लागेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा स्वागत गरेका थिए ।

कुँवरलाई माओवादी केन्द्रका बैतडी इञ्चार्ज नरेन्द्र कुँवरले पुनर्मिलनका निम्ति सहजीकरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : १४ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय