राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु « Khabarhub

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकको प्रारम्भमै पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा ३० जनै केन्द्रीय पदाधिकारी र चार जना केन्द्रीय निकाय प्रमुखहरूलाई आ-आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। 

नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बू, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधि, खस, उर्दु, राजवंशी लगायतको भाषा र आ-आफ्नै भेष-भूषामा पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरूको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण सम्बन्धमा, विचार मिल्ने पार्टी र संगठनहरुसंग कार्यगत एकतार मोर्चावन्दी गर्ने सम्बन्धमा, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्ध बारे कार्यविधि, प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बन्धी एजेन्डाहरू प्रस्तुत गरिएको छ। आजदेखि चार पाँच दिनसम्म लगातार बैठक जारी रहनेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले