राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु | Khabarhub Khabarhub

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकको प्रारम्भमै पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा ३० जनै केन्द्रीय पदाधिकारी र चार जना केन्द्रीय निकाय प्रमुखहरूलाई आ-आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। 

नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बू, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधि, खस, उर्दु, राजवंशी लगायतको भाषा र आ-आफ्नै भेष-भूषामा पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरूको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण सम्बन्धमा, विचार मिल्ने पार्टी र संगठनहरुसंग कार्यगत एकतार मोर्चावन्दी गर्ने सम्बन्धमा, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्ध बारे कार्यविधि, प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्बन्धी एजेन्डाहरू प्रस्तुत गरिएको छ। आजदेखि चार पाँच दिनसम्म लगातार बैठक जारी रहनेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : २२ बजे

पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन– सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा