बस्तीमा बाढी पस्दा १० घर डुबानमा « Khabarhub

बस्तीमा बाढी पस्दा १० घर डुबानमा


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएका छन् । 

आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते भएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

डुबानले दनुवारको घर, गाईगोठ, ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, सङ्गीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा बाढी पसेको उनले जानकारी दिए । बस्तीमा बाढी पसे पनि मानवीय क्षति भने नभएको र पीडितहरूका लागि  अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई भदौ १ गते देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिए । 

स्थानीय प्रशासनले गत साउन १ गतेदेखि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ५१ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि