टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित « Khabarhub

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २९ रनले पराजित भएको हो । बङ्गलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन् । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : १८ बजे

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि