प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत « Khabarhub

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार जाँदैछन्‌ ।

नेपालमा भएको जेन-जी आन्दोलनपछि बनेको सरकारसँग निकट सम्बन्ध बनाउन तदारुकता देखाइरहेको भारतले राजदूतलाई सिंहदरबार पठाउन लागेको हो । प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच आज (मङ्गलबार) अपराह्न चार बजे भेट हुँदैछ ।

भारतीय दूतावासले प्रधानमन्त्रीसँग राजदूतको भेटघाट गराउन दिउँसो चार बजेको समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय स्रोतले जानकारी दिएको छ । भेटघाट क्रममा राजदूत श्रीवास्तवले कार्कीलाई बधाई ज्ञापन गर्नेछन्‌ ।

भारतले नै नेपालकी प्रधानमन्त्री कार्की र उनका समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता गराउन खोजिरहेको छ । आजै दिउँसो ३:१५ मा भर्चुअल कुराकानी गर्न खोजिएकोमा समय व्यवस्थापनका कारण पर्सी (बिहीबार) बिहान ११ बजे पछाडिको समय तय गरिएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन्‌ ।

कार्कीले प्रधानमन्त्री नियुक्त हुनुअघि नै भारतसँग आफ्नो राम्रो सम्बन्ध रहेको र मोदीबाट प्रभावित भएको बताएकी थिइन्‌ । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो बधाई पनि भारतले नै दिएको थियो । दुई दिनअघि मणिपुर पुगेका मोदीले त्यहाँबाट पनि कार्कीलाई बधाई दिएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : ५० बजे

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा