भारतको इनोभेसन यात्रामा नयाँ कोशेढुङ्गा « Khabarhub

भारतको इनोभेसन यात्रामा नयाँ कोशेढुङ्गा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष सन् २०२५ मा भारतको इनोभेसन यात्राले नयाँ कोशेढुङ्गा पार गरेको छ । विश्व इनोभेसन इन्डेक्समा भारत ३८ औँ स्थानमा पुगेको छ । विश्वका १ सय ३९ अर्थतन्त्रको अध्ययनका आधारमा तयार पारिएको उक्त इन्डेक्समा यस वर्ष भारतले हालसम्मकै उच्च स्थान हासिल गरेको हो ।

यसअघि गत वर्ष सन् २०२४ मा भारत ३९ औँ, सन् २०२२ मा ४० औँ, सन् २०२० मा ४८ औँ र सन् २०१५ मा ८१ औँ स्थानमा रहेको थियो ।भारत यस इन्डेक्समा हाल न्यूनमध्यम आय भएको अर्थतन्त्रमध्ये सबैभन्दा उच्च स्थानमा छ । त्यसैगरी, मध्य तथा

दक्षिण एशियामा पनि भारत सबैभन्दा उच्च स्थानमा रहेको छ ।

अन्य महत्वपूर्ण इनोभेसनका क्षेत्रमा पनि भारतले राम्रो स्थान हासिल गरेको छ । सूचना एवम् सञ्चार प्रविधिको निर्यात क्षेत्रमा भारत शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, अन्तिम चरण भेन्चर पुँजी साझेदारीमा चौथो स्थानमा, अदृश्य सम्पत्ति सघनतामा आठौँ स्थानमा र युनिकोर्न भ्यालुएसनमा एघारौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : ५३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ