जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु « Khabarhub

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३ मा छ जना रहेको उल्लेख गर्दै युक्त रेकर्डलाई तोड्दै चालु वर्षमा उच्च रेकर्ड कायम भएको वन तथा वातावरण मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार अधिकांश आक्रमणहरू उत्तरपूर्वी क्षेत्रहरू र होक्काइडोको उत्तरी प्रान्तमा भएका छन् । सात जना भालु आक्रमणका कारण ज्यान गुमाउने मध्ये इवाटेको उत्तरपूर्वी प्रान्तका एक जना व्यक्ति समावेश रहेको र उनको शव अक्टोबर– ८ मा भालुले आक्रमण गरेको अवस्थामा फेला परेको जनाइएको छ ।

यसैबीच, मियागी प्रान्तको सेन्डाईको आवासीय क्षेत्रमा खतरा भढे पछि बुधबार एक वयस्क भालुलाई गोली हानेर मारिएको छ । जापानमा खतरनाक जनावरहरूको “आपतकालीन सुटिङ“ लाई बैध गराउन पहिलो पटक वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धी संशोधित कानून प्रयोग गरिएको थियो ।

यस वर्षको अप्रिल देखि सेप्टेम्बर सम्म भालूसँग सम्बन्धित ९९ वटा घटनामा १०८ जना प्रभावित हँदा सबै भन्दा खराब रेकर्ड कायम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले आवासीय क्षेत्रहरूमा भालु सक्रिय भएकाले आक्रमणहरु बढ्न सक्ने चेतावनी दिँदै मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  २ : २० बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित