पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्ने अर्थशास्त्रीको चेतावनी « Khabarhub

पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्ने अर्थशास्त्रीको चेतावनी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्रीहरुले पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चेतावनी दिएका छन् । विश्व बैंकले पाकिस्तानको आर्थिक वृद्धिदरमा तीव्र कमी आउने प्रक्षेपण गरेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतवानी दिएका हुन् ।

विश्व बैंकले आर्थिक वर्ष सन् २०२५–२६ मा पाकिस्तानको आर्थिक वृद्धिदर केबल २.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै पाकिस्तानी अर्थशास्त्री एवम् चार्टर्ड अकाउन्टेन्ट प्रतिष्ठानका पूर्वअध्यक्ष असद अली शाहले आर्थिक संकट थप गहिरिने चेतावनी दिएका हुन् ।

पाकिस्तानका पूर्वअर्थमन्त्री मिफ्ता इस्माइलले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् । उनले सन् २०२२ देखि २०२६ सम्मको अवधिलाई पाकिस्तानको आर्थिक वृद्धिदर इतिहासकै सबैभन्दा खराब भनेका छन् । उनले सरकारले महत्वपूर्ण आर्थिक सुधारका कार्यक्रम अघि सार्न नसकेको भन्दै आलोचना पनि गरेका छन् ।

उनले यस्तै अवस्ता रहेको खण्डमा बेरोजगारी, गरिबी र राजनीतिक एक्लोपन बढ्दै जाने पनि चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ११ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ