रक्षा साझेदारी थप सुदृढ बनाउन भारत र मालदिभ्सका अधिकारीबीच छलफल « Khabarhub

रक्षा साझेदारी थप सुदृढ बनाउन भारत र मालदिभ्सका अधिकारीबीच छलफल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा साझेदारीलाई थप सुदृढ बनाउने विषयमा भारत र मालदिभ्सका अधिकारीबीच छलफल भएको छ । भारतका रक्षासचिव राजेश कुमार सिंहको मालदिभ्स भ्रमणका क्रममा दुई देशका प्रतिनिधिबीच छलफल भएको हो ।

भ्रमणका क्रममा रक्षासचिव सिंहले मालदिभ्सका विदेश मामिलामन्त्री अब्दुल्लाह खलिलसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा सैन्य साझेदारी, क्षमता विकास, रक्षा उपकरण प्रवद्र्धन र क्षेत्रीय सुरक्षाजस्ता विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

छलफलका क्रममा दुबै देशका अधिकारीले रक्षा, समुद्री सुरक्षा तथा क्षमता विकासजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धिजस्ता विषयमा पनि चर्चा गरेको एएनआईले उल्लेख गरेको छ । भारतीय रक्षा मन्त्रालयले मालदिभ्स भारतको छिमेक प्रथम कार्यक्रम तथा महासागर भिजनको महत्वपूर्ण साझेदार रहेको स्मरण गरेको छ ।

पछिल्लो समय भारत र मालदिभ्सबीच रक्षा सम्बन्ध सुमधुर बन्दै गइरहेका बेला साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको हो । यसअघि मे महिनामा पनि मन्त्री खलिलले भारतको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ३९ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ