दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो « Khabarhub

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो।

अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि विनिता सोमाइले अविजित ५६ रन बनाउँदा मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन थपे।

बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट हात पारिन्।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाए। बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट हात पारेकी थिइन्।

अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए। जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ५८ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा