सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई « Khabarhub

सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देश इतिहासकै सबैभन्दा अन्योलको अवस्थामा रहेको भन्दै सबैले अत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको परिस्थितिमा सबैले गम्भीर आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा नदिने उनको भनाइ छ । सामाजिक सञ्जालमा सक्रिय बाबुरामले फेसबुकमा लेखेका छन्, ‘सबैले गम्भीर आत्म-समीक्षा गरौं, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन ।’

घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने र कसले ठुलो भाग खाने भनेर झगडा गर्ने समय यो नभएको उनले प्रष्ट पारेका छन् । बाबुरामले आगो निभाउने र नयाँ घर बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ’, बाबुरामले लेखेका छन्, ‘घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने बेला यो हैन। बरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : २० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट