दुर्गा प्रसाईं पनि दलीय राजनीतिमा, दर्ता गर्दै ‘नागरिक बचाउ दल नेपाल’ « Khabarhub

दुर्गा प्रसाईं पनि दलीय राजनीतिमा, दर्ता गर्दै ‘नागरिक बचाउ दल नेपाल’


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेको केन्द्रीय सदस्यतसमेत रबनेका दुर्गा प्रसाईंले अब राजनीतिक दल खोल्ने भएका छन् ।

पछिल्लो समय हिन्दु राज्य र राजसंस्था फिर्ता अभियानमा रहेका उनले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेका हुन् ।

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंलाई दल दर्ता गरेर राजनीतिमा होमिन सुझाएका थिए ।

यही मंसिर ७ गते काठमाडौंमा सरकारविरोधी आन्दोलन गर्न लागेका उनले फागुन २१ गतेको निर्वाचनका लागि आज अन्तिम दिन दल दर्ता गर्न लागेका हुन् ।

उनी कुनैबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट र भरपर्दा पात्र थिए ।

तर पछिल्लो समय पू्र्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र बन्न सफल प्रसाईं अब राजनीतिमा आउन लागेका हुन् ।

त्यसका लागि उनले आइतबार दिउँसो ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराउन लागेका हुन् ।

प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को छोटकरी नाम ‘नागरिक बचाउ दल नेपाल’का रुपमा दर्ता गराउन लागेका हुन् ।

उनले निर्वाचन आयोगबाट आधिकारिकता लिँदै नयाँ दलको नेताका रुपमा सार्वजनिक हुने निर्णय गरेका हुन् । उनी दल दर्ताका लागि दिउँसो २ बजे निर्वाचन आयोगमा पुग्ने भएका छन् ।

निर्वाचन आयोग श्रोतका अनुसार दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल नेपाल’ ६३० औँ पार्टीका रुपमा निर्वाचन आयोगमा दर्ता हुँदैछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ५९ बजे

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

ढोरपाटन– बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ ।

लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’

काठमाडौं – पछिल्लो समय नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को

प्रधानमन्त्रीसँग श्रीलंकाका राजदूतको भेट

काठमाडौं– नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत महामहिम रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री

सोविताको विवादित भनाइको पक्षमा रिपोर्ट बनाउने ‘फ्याक्टचेक’ के हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले ८