राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो | Khabarhub Khabarhub

राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा आधा बढीले तल झरेको देखाएको छ । 

केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको देखाएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । 

तर, तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

तर, बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै, समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.५३ प्रतिशतले बढेको छ । 

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत, मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत, लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ ।

३ महिनामा आयो साढे ५ खर्ब बढी रेमिट्यान्स

३० खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति, १६ महिना बढीलाई आयात धान्न पुग्ने

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ४५ बजे

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी

भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

तेहरान– इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा– नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो