श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि « Khabarhub

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस महिनामा देशले पर्यटन क्षेत्रबाट झन्डै दुई अर्ब छ करोड ६० लाख अमेरिकी मुद्रा बराबरको आय प्राप्त गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार दशमलव नौ प्रतिशत वृद्धि भएको छ । 

जुन महिनामा मात्र पर्यटन आम्दानी एक सय छयासी करोडभन्दा बढी पुगेको बैङ्कले जनाएको छ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका तथ्याङ्कअनुसार चालु वर्षको सुरुदेखि कात्तिक २९ गतेसम्म झन्डै उन्नाइस लाखभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का पुगेका छन्, जसमा भारत पहिलो ठूलो स्रोत मुलुक रहेको छ ।

भारतपछि बेलायत, रसिया, जर्मनी र चीन प्रमुख आगन्तुक मुलुक बनेका छन्, जहाँ प्रत्येक देशबाट एक–एक लाखभन्दा बढी पर्यटक आएका छन् । पर्यटनको पुनरुत्थानसँगै होटल, यातायात, सेवा व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताइन्छ र श्रीलङ्काले बढ्दो पर्यटनलाई आर्थिक पुनर्जीवनको महत्त्वपूर्ण आधारका रूपमा हेरिरहेको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ३१ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट