श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि « Khabarhub

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस महिनामा देशले पर्यटन क्षेत्रबाट झन्डै दुई अर्ब छ करोड ६० लाख अमेरिकी मुद्रा बराबरको आय प्राप्त गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार दशमलव नौ प्रतिशत वृद्धि भएको छ । 

जुन महिनामा मात्र पर्यटन आम्दानी एक सय छयासी करोडभन्दा बढी पुगेको बैङ्कले जनाएको छ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका तथ्याङ्कअनुसार चालु वर्षको सुरुदेखि कात्तिक २९ गतेसम्म झन्डै उन्नाइस लाखभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का पुगेका छन्, जसमा भारत पहिलो ठूलो स्रोत मुलुक रहेको छ ।

भारतपछि बेलायत, रसिया, जर्मनी र चीन प्रमुख आगन्तुक मुलुक बनेका छन्, जहाँ प्रत्येक देशबाट एक–एक लाखभन्दा बढी पर्यटक आएका छन् । पर्यटनको पुनरुत्थानसँगै होटल, यातायात, सेवा व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताइन्छ र श्रीलङ्काले बढ्दो पर्यटनलाई आर्थिक पुनर्जीवनको महत्त्वपूर्ण आधारका रूपमा हेरिरहेको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ३१ बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय