मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी « Khabarhub

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन्।

मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन्।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए। उनले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरु सम्मान गर्ने बताउनु हुँदै त्यसपछि आफूहरु ७ दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए।

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतबार उनीहरू नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ४३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट