आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर १६ तारिख । पौष कृष्ण पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा मन जानेछ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । व्यापारमा फाइदा होला ।

वृष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा आलश्यले समय लिनेछ । गफगाफमा दिन बित्नेछ । सञ्चित धनको खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । विदेशी लगानी भए फाइदा हुनेछ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

कर्कट : साथीभाइले सहयोग गर्नेछन् । मन प्रशन्न रहनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ ।

सिंह : दिन राम्रो छ । रोगबाट मुक्त हुने दिन छ । साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ । आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्नेछ ।

कन्या : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । पढ्न जोस र जाँगर बढ्नेछ । अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ । परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ ।

तुला : मनमा उत्साह बढ्नेछ । आम्दानीका स्रोत सबल बन्नेछन् । आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ । पुरानो रोगले सताउने जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खर्च बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ ।

धनु : दिन राम्रो छ । थोरै मिहिनेतमा महत्त्वपपूर्ण काम बन्नेछ । व्यापारमा लगानी गर्नुपर्ने समय छ । स्वास्थ्यमा लाभ मिल्नेछ । शत्रु सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ । कर्मशील साथीसँग भेट हुनेछ । साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।

कुम्भ : पठनपाठनमा मन जानेछ । धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ । बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ ।

मीन : आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : १६ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या