हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल « Khabarhub

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् ।

एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका छन्। राष्ट्रको रक्षा सबैको कार्यभार भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’

एमाले ११ औं महाधिवेशनमा मंगलबार मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो ४ बजेपछि मतदान हुँदैछ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ४९ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको