पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति « Khabarhub

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्षको हालसम्मको कुल आम्दानीको तुलनामा खर्च बढी भएको छ । ०८२ मंसिर २९ सम्मको तथ्यांकले विकास खर्च कार्यान्वयनमा भने निकै सुस्तता देखाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेकोमा मंसिर मसान्तसम्म जम्मा ४ खर्ब १४ अर्ब ९० करोड २७ लाख अर्थात् २७.०६ प्रतिशत मात्रै आम्दानी गरेको छ ।

यसमध्ये कर राजस्व संकलन २८.८३ प्रतिशत ३ खर्ब ८२ अर्ब २३ करोड १० लाख र गैर–कर राजस्वको प्रगति भने १५.५९ प्रतिशत अर्थात् २४ अर्ब ७ करोड २७ लाख भएको छ । सो अवधिमा सरकारले प्राप्त गरेको अनुदान लक्ष्यको तुलनामा निकै कम, अर्थात् ९‍‍‍.५८ प्रतिशत ५ अर्ब १२ करोड १० लाख मात्रै आम्दानी गरेको छ ।

समीक्षा अवधिमा सरकारले चालु आर्थिक वर्षमा गर्ने भनिएको कुल खर्च लक्ष्यको २८.७४ खर्च गरेकोमा आम्दानीको प्रगति भने जम्मा २७.०६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सरकारले कुल चालु खर्च लक्ष्यको ३३.७ प्रतिशत अर्थात् ३ खर्ब ९८ अर्ब ४ करोड ७२ लाख खर्च गरेको छ । तर, सो अवधिमा विकास खर्च भने लक्ष्यको तुलनामा अत्यन्त कमजोर ८.३ प्रतिशत मात्रै गरेको छ । समीक्षा अवधिमा सरकारले पुँजीगत खर्च ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्रै गरेको छ ।

त्यस्तै, सो अवधिमा सरकारले वित्तीय व्यवस्थापन तर्फको खर्च सबैभन्दा धेरै ३५.३२ प्रतिशत अर्थात् १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले सरकारले राजस्व संकलनमा सुधार ल्याए पनि अनुदान प्राप्तिमा सुस्तता तथा विकास खर्च कार्यान्वयनमा कमजोर रहेको देखाएको छ । उच्च चालु र वित्तीय व्यवस्थापन खर्च र न्यून पुँजीगत खर्चको प्रवृत्तिले समग्र आर्थिक वर्षको लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने संकेत महालेखाको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : १९ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन