पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति « Khabarhub

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्षको हालसम्मको कुल आम्दानीको तुलनामा खर्च बढी भएको छ । ०८२ मंसिर २९ सम्मको तथ्यांकले विकास खर्च कार्यान्वयनमा भने निकै सुस्तता देखाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेकोमा मंसिर मसान्तसम्म जम्मा ४ खर्ब १४ अर्ब ९० करोड २७ लाख अर्थात् २७.०६ प्रतिशत मात्रै आम्दानी गरेको छ ।

यसमध्ये कर राजस्व संकलन २८.८३ प्रतिशत ३ खर्ब ८२ अर्ब २३ करोड १० लाख र गैर–कर राजस्वको प्रगति भने १५.५९ प्रतिशत अर्थात् २४ अर्ब ७ करोड २७ लाख भएको छ । सो अवधिमा सरकारले प्राप्त गरेको अनुदान लक्ष्यको तुलनामा निकै कम, अर्थात् ९‍‍‍.५८ प्रतिशत ५ अर्ब १२ करोड १० लाख मात्रै आम्दानी गरेको छ ।

समीक्षा अवधिमा सरकारले चालु आर्थिक वर्षमा गर्ने भनिएको कुल खर्च लक्ष्यको २८.७४ खर्च गरेकोमा आम्दानीको प्रगति भने जम्मा २७.०६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा सरकारले कुल चालु खर्च लक्ष्यको ३३.७ प्रतिशत अर्थात् ३ खर्ब ९८ अर्ब ४ करोड ७२ लाख खर्च गरेको छ । तर, सो अवधिमा विकास खर्च भने लक्ष्यको तुलनामा अत्यन्त कमजोर ८.३ प्रतिशत मात्रै गरेको छ । समीक्षा अवधिमा सरकारले पुँजीगत खर्च ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्रै गरेको छ ।

त्यस्तै, सो अवधिमा सरकारले वित्तीय व्यवस्थापन तर्फको खर्च सबैभन्दा धेरै ३५.३२ प्रतिशत अर्थात् १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले सरकारले राजस्व संकलनमा सुधार ल्याए पनि अनुदान प्राप्तिमा सुस्तता तथा विकास खर्च कार्यान्वयनमा कमजोर रहेको देखाएको छ । उच्च चालु र वित्तीय व्यवस्थापन खर्च र न्यून पुँजीगत खर्चको प्रवृत्तिले समग्र आर्थिक वर्षको लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने संकेत महालेखाको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : १९ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको