पाखो सम्याएर खेलमैदान निर्माण « Khabarhub

पाखो सम्याएर खेलमैदान निर्माण


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ ।

खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवायुवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनले बताए ।

यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन् ।

यसअघिका वर्षमा पनि वार्षिक एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो । मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराएका हुन् ।

जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ४२ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा