देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ? « Khabarhub

देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ। 

पार्टीको क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका हुन् ।

भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर नखुलेका फारम जिल्ला-जिल्ला पठाएको विषय उठाउँदै यसले पार्टीभित्र देशव्यापी जटिलता सिर्जना गरेको बताएका छन् ।

उनले ती बिना नम्बरका फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवालाई आग्रह गरेका छन्। कोइरालाको भनाइमा, नम्बरविहीन फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्नै नसक्ने अवस्था छ।

त्यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गर्नुपर्ने धारणा राखे। उनले पार्टीलाई महाधिवेशन र आगामी आम निर्वाचनमा केन्द्रित गरिनुपर्ने बताउँदै २०७९ सालको निर्वाचनका बेला गठबन्धनका सन्दर्भमा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने तर्क प्रस्तुत गरेका छन्।

भेटघाटमा उठेका विषयमा सभापति देउवाले छलफल गरेर आवश्यक निर्णय लिने संकेत दिएको बताइएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ४४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली