युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड « Khabarhub

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बै‌ङ्कक- थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीच लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षात्कारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा “इमानदारीपूर्वक“ सहयोग गर्नुपर्ने बताएका छन् ।

यस महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरू बिचको लडाइँले सैनिक र नागरिकहरू सहित कम्तिमा ३२ जनाको ज्यान लिएनुका साथै करिब आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् । द्वन्द्वरत दुबै पक्षले नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै झडपलाई उक्साएकोमा अर्कोलाई दोष दिएका छन् ।

कम्बोडियाले भने हाल सम्म थाइल्यान्डको बयानमा कुनै प्रतिक्रिया दिएको छैन् । यस वर्षको सुरुमा सीमा द्वन्द्वमा हस्तक्षेप गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुई देश शनिबार देखि युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देशले वासिङ्टनको सहभागितामा आशियान क्षेत्रीय अध्यक्ष मलेसियाको युद्धविराम पहललाई समर्थन गरेको बताएका छन् । तर, पछिल्लो समयमा बैङ्ककले ट्रम्पको युद्धविराम दावीलाई अस्वीकार गरेको भने डिसेम्बर–७ देखि दैनिक पुनः लडाइँ जारी छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार