एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने « Khabarhub

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । 

यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका बैंकको दाबी छ ।

बैंकका अनुसार बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ३९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्