भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि « Khabarhub

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंसिर २७–२९, २०८२ मा आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समयतालिका परिमार्जन गरेको हो।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि बिहान १ बजेसम्म हुनेछ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण महाधिवेशन स्थलमै गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रममा थप परिवर्तन वा समय तालिका हेरफेर गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ३१ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार